अष्ट्रेलियामा पीआर पाउन अब सजिलो भन्ने भ्रामक खबरको पछाडी नलागौं: सन्तोष कर्ण

0
1460

केही दिन अगाडी नेपाली संचारमाध्यमहरुमा ‘अष्ट्रेलियामा पीआर पाउन अब झनै सजिलो’ आशयका विभिन्न खबरहरु छापिए। सामाजिक संजालमा चर्चित केही नेपाली पेजहरुले पनि त्यही समाचार शिर्षकको आधारमा मात्र पोस्ट गरेपछि नेपाली विद्यार्थीहरु पनि त्यसको पछाडी लागे। अष्ट्रेलियामा नै रहेका विद्यार्थी समेत त्यही समाचार लिएर कन्सल्टेन्सीमा बुझ्न आए। अष्ट्रेलियामा नै रहेका विद्यार्थीहरुमा समेत ती भ्रामक समाचारको प्रभाव देखियो भने अष्ट्रेलिया आउन चाहने नेपालमा रहेका विद्यार्थीहरुले त्यो समाचारलाई कसरी लिए, हामी सहजै अनुमान लगाउन सक्छौं।

गत जुन २२ मा अष्ट्रेलियाको इमिग्रेसन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै Priority Migration Skilled Occupation List (PMSOL) मा २२ पेशा थप गरिएको जानकारी गरायो। त्यही विज्ञप्तिलाई देखाउंदै केही नेपाली संचारमाध्यमले ‘अष्ट्रेलियामा पीआर पाउन अब झनै सजिलो’ शिर्षकका समाचार प्रकाशित गरे। एकाउण्ट पढेमा अब पीआर लिन सजिलो रे भन्ने किसिमका भ्रामक संदेशहरु विद्यार्थीहरुमा दिमागमा बसे।

वास्तवमा Priority Migration Skilled Occupation List के हो त ? कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्नका लागि अष्ट्रेलिया सरकारले सेप्टेम्बर २०२० मा प्राथमिकता पाउने पेशाहरु सूची सार्वजनिक गरेको थियो। त्यही सूची Priority Migration Skilled Occupation List हो र त्यसमा अहिले २२ पेशा थप गरेर ४१ पेशा बनाइएको हो।

यसले कसलाई फाइदा पुग्छ त ? यो सूची अष्ट्रेलियाको श्रम बजारको माग पूरा गर्नका लागि बनाइएको हो। यो सूचीले इम्प्लोयर स्पोन्सर्ड अन्तर्गतका सबक्लास भिसा होल्डरहरुलाई फाइदा पुग्छ। टेम्पोररि स्किल सर्टेज (सबक्लास ४८२), स्किल्ड इम्प्लोयर स्पोन्सर्ड रिजनल (प्रोभिजनल) भिसा (सबक्लास ४९४), इम्प्लोयर नोमिनेशन स्किम भिसा (सबक्लास १८६), रिजनल स्पोन्सर्ड माइग्रेसन स्किम भिसा (सबक्लास १८७) भिसाका लागि यी पेशाको सूची अर्थात, PMSOL ले फाइदा पुर्याउनेछ। तर PMSOL लिस्टमा थपिएको पेशाले सबक्लास १८९, सब्क्लास १९०, सबक्लास ४९१ भिसामा केही फरक पर्दैन ।

भ्रामक समाचारको पछाडी लाग्दा विद्यार्थीहरु भिसा दिलाइदिने बहानामा ठगी गर्ने या गलत सूचना दिएर ठगी गर्ने व्यक्तिहरु फन्दामा पनि पर्न सक्छन्। त्यसैले समाचार देखिसकेपछि इमिग्रेसन मन्त्रालयको वेबसाइटमा गएर या रजिस्टर्ड माइग्रेसन एजेन्टसम्म पुगेर विद्यार्थीहरुले सत्य-तथ्य बुझ्ने प्रयास गर्नुपर्छ।

PMSOL मा थपिएका २२ पेशा :
• Accountant (General) (221111)
• Accountant (Taxation) (221113)
• Accountant (Management) (221112)
• External Auditor (221213)
• Internal Auditor (221214)
• Electrical Engineer (233311)
• Civil Engineer (233211)
• Structural Engineer (233214)
• Geotechnical Engineer (233212)
• Transport Engineer (233215)
• Mining Engineer (233611)
• Petroleum Engineer (233612)
• Surveyor (232212)
• Cartographer (232213)
• Other Spatial Scientist (232214)
• Medical Laboratory Scientist (234611)
• Orthotist / Prosthetist (251912)
• Multimedia Specialist (261211)
• Analyst Programmer (261311)
• Software and Applications Programmers (261399)
• ICT Security Specialist (262112)
• Chef (351311)