‘अष्ट्रेलिया आएर परिवारले खर्च धानिदिन सक्नुहुन्न भने केही सिप सिकेर मात्र आउनुस्’

0
873

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका प्रतिक फुयाँलसंगको कुराकानी प्रस्तुत गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ? अष्ट्रेलिया कहिले आउनुभएको हो ?
घर इटहरी हो। अष्ट्रेलिया आएको चाहिं तीन वर्ष पुग्यो।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो ?
प्लस टु सकेर आएको हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
पढ्दै अनि काम गर्दै। आइटिमा ब्याचलर लेभलमा पढ्दैछु। ब्याचलर लास्ट सेमेस्टर हो अहिले। फ़्लिण्डर्स युनिभर्सिटीमा पढ्छु।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा बसेर सोंचेको जस्तो हुँदैन यहाँ। धेरै नै फरक हुन्छ।

काम पाउन कत्तिको गाह्रो भयो ?
शुरुमा त गाह्रो भयो। नेपालको अनुभव काम नलाग्ने यहाँ।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के-के हुन् ?
स्वतन्त्रता हुन्छ। अनि हरेक कामको सम्मान हुन्छ। कुनै काम सानो र कुनै काम ठूलो भन्ने हुँदैन।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
खै, मलाई त केही लाग्दैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
राम्रो लाग्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
नयाँ आउने विद्यार्थीहरुलाई काम पाउन सहयोग गरिदिनुस्।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
घरको अनि साथीहरुको सम्झना त आइहाल्छ। तर त्यस्तो धेरै नेपालको सम्झना आउंदैन मलाई त।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
मेहनत गर्न सिकायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफूलाई मानसिक रुपमा तयार पारेर, जे परे पनि गर्न सक्छु भन्ने भएर मात्र आउनुस्।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
परिवार सम्पन्नशाली हुनुहुन्न, यहाँ आएपछि आफ्नो छोरा/छोरीको खर्च, फी धानिदिन सक्ने हुनुहुन्न भने छोराछोरीलाई पठाउँदा यहाँ काम लाग्ने केही सिपमूलक तालिम लिन लगाएर मात्र पठाउनुस्। सिप भएमा यहाँ काम पाउन सजिलो हुन्छ, अनि उसले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सक्छ।

Are you Planning to Study or settle in Australia ? If yes, Just Click Here and fill this form.