विद्यार्थीहरूका लागि ट्याक्स रिटर्नस् सम्बन्धि जानकारीमूलक अनलाइन कार्यक्रम

0
150

मेलबर्न। विद्यार्थीहरूका लागि ट्याक्स रिटर्न्स सम्बन्धि जानकारीमूलक अनलाइन कार्यक्रम हुनेभएको छ। एनआरएनए अष्ट्रेलिया अन्तर्गतको स्टुडेन्ट एडभाइजरी काउन्सीलले कार्यक्रमको आयोजना गरेको हो।

अष्ट्रेलियामा आर्थिक वर्षको समाप्तिसंगै कर फिर्ता (ट्याक्स रिटर्न) प्रक्रिया शुरु हुन्छ। प्रक्रियागत कुराहरु तथा ट्याक्स रिटर्न सम्बन्धि सम्पूर्ण जानकारी नहुँदा विद्यार्थीहरु अन्योलमा पर्छन्। यही कुरालाई मध्यनजर गर्दै स्टुडेन्ट एडभाइजरी काउन्सिलले जानकारीमूलक कार्यक्रम गरेको जनाएको छ।

कार्यक्रममा भिक्टोरियाका अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा रेजिष्टर्ड ट्याक्स एजेन्ट राजेश आचार्य प्रमुख वक्ताको रुपमा रहनुहुनेछ भने स्टुडेन्ट एडभाइजरी काउन्सिलका भिक्टोरिया संयोजक सिद श्रेष्ठ सहजकर्ताका रुपमा रहनुहुनेछ।

कार्यक्रम दुई सत्रमा सम्पन्न हुनेछ। जुम मार्फत हुने यस कार्यक्रममा सहभागी हुनका लागि अनलाइन फारम भरेर आफ्नो नाम दर्ता गर्न सकिनेछ। कार्यक्रम शनिबार, १० जुलाई मा दिउँसो ३ बजेदेखी ४:३० बजेसम्म हुनेछ। नाम दर्ता गर्नका लागि >> https://forms.office.com/r/UDaewzMUZn