‘अष्ट्रेलियामा गर्ने त्यो दु:ख नेपालमा आएर गर्दिए राम्रो हुन्थ्यो’

0
510

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनुभएका आफन्तलाई कस्तो महसुस हुन्छ ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भ शुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले चितवन निवासी यम प्रसाद कंडेलसंग कुराकानी गरेका छौ।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ? उपहार पाउँदा कस्तो लाग्यो ?
अष्ट्रेलियाबाट छोराले। यसरी उपहार पाउँदा एकदम खुशी लाग्यो।

हजुरका छोरा अष्ट्रेलिया जानुभएको कति भयो ? अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ?
८ वर्ष भयो। मेलबर्नमा बस्छन्।

छोरा अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
मलाई नगए हुन्थ्यो भन्ने थियो। गयो, राम्रै गरेको पनि छ। ठिकै लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ?
धरै धेरै सम्झिन्छु। आफ्ना सन्तानलाई नसम्झी कसरी बस्न सकिन्छ र बाबु-आमा।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त नेपाल नै फर्किए हुन्थ्यो जस्तो लाग्छ नि।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
हजुर, गएर आएको छु ३/४ चोटी।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
त्यहाँको सब कुरा राम्रो छ, यातायात राम्रो छ त्यहाँको सरकार राम्रो छ। कामहरु पनि राम्रो छ सरसफाई एकदम राम्रो छ। यहाँ जस्तो फोहोर छैन, बोलीचाली राम्रो छ। सबैले मेहनत गर्छन्।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
मलाई त्यहाँ नराम्रो लागेको केहि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई त नेपाली भएर त्यहाँ गरेको दु:ख नेपालमा आएर त्यस्तै दुख गर्दिएदेखि नेपालमा एकदम राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। सबै मिलेर गरे हुने हो नि। नेपालबाट अष्ट्रेलिया गएर कति धेरै मेहनत गर्छन्, त्यस्तै मेहनत नेपालमा गरे हुने जस्तो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
हामी एकदमै खुशी छौ। धन्यवाद भन्न चाहन्छौ। आफ्नो ख्याल राख्नु भन्न चाहन्छु।