आमिर खान दम्पत्तिको सम्बन्ध विच्छेद

0
196

काठमाडौं। बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत आमिर र किरणले संयुक्त रुपमा अलग हुन लागेको जानकारी गराएका हुन्।

आमिर र किरणको विवाह भएको १५ वर्ष पुगेको छ । उनीहरुको पहिलो भेट फिल्मको सेटमा भएको थियो । फिल्म ‘लगान’को सेटमा आमिर अभिनेता थिए भने किरण सहायक निर्देशकको काम गरिरहेकी थिइन् । एक अन्तरवार्तामा अमिरले पहिलो भेटमा नै प्रेम नभएको खुलासा गरेका थिए । उनले किरणले कामको सिलसिलामा फोन गरेको र उनीहरुबीच आधा घण्टा लामो संवाद भएको खुलाएका थिए । आमिर उक्त फोन कलपछि किरणसँग नजिकिएको बताएका थिए ।

त्यसपछि उनीहरु दुई वर्षसम्म ‘लिभ इन रिलेशन’मा बसे । सन् २००५ मा विवाह गरे । विवाह पश्चात उनीहरु सरोगेसीमार्फत एक छोराका मातापिता बने । उनीहरूले भनेका छन्,‘हामीले यो १५ वर्षमा जीवनभरका खुसी, अनुभव एक अर्कामा बाँड्यौं। हाम्रो सम्बन्धमा विश्वास, सम्मान र प्रेम अझै छ। अब हामी जीवनको अर्को अध्याय सुरू गर्न चाहन्छौं। तर पति र पत्नी भएर होइन, आमा-बुवा भएर, परिवारको रूपमा।’