अष्ट्रेलियाको तास्मानियामा शनिबार हुँदैछ ‘ब्याडमिन्टन च्याम्पियनसीप २०२१’

0
136

होबर्ट। अष्ट्रेलियाको तास्मानियामा आयोजना हुने ब्याडमिन्टन च्याम्पियनसीप २०२१ को तयारी पूरा भएको छ। नेपलीज तास्मानिया स्पोर्ट्स एसोसिएसनले आयोजना गरेको उक्त प्रतियोगिता आगामी जुलाई ३ अर्थात आउँदो शनिबार हुन लागेको हो।

ब्याडमिन्टन च्याम्पियनसिप २०२१ मा ओपन डबल्स, पुरुष एकल, महिला एकल र बिगनर्स डबल गरी चार समूहमा खेल हुनेछन्। प्रतियोगितामा सहभागिताका लागि खुलाइएको दर्ता आव्हान भने बन्द भइसकेको छ। आयोजक संस्थाका पब्लिक अफिसर विष्णु सापकोटाले प्रतियोगितामा सहभागिताका लागि ४० जनाले नाम दर्ता गराएको जानकारी गराउनुभएको छ। उत्कृष्ट प्रतियोगी मध्ये ओपन डबल्सका लागि तीन सय डलर, पुरुष एकलका लागि एक सय ५० डलर, महिला एकलका लागि पनि एक सय पचास डलर र बिगनर्स डबलका लागि एक सय पचास डलर पुरस्कार राशी छुट्टाइएको छ।

बिएमडब्लू एजुकेशन कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको यस प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय खेलाडीहरु संजीव खड्का र रेवन्त बस्नेत जुरीको रुपमा रहनुहुनेछ। प्रतियोगिता शनिबार बिहान १० बजेदेखि शुरु हुनेछ।