‘अष्ट्रेलिया जस्तो देशमा गएर छोरीले करियर बनाइराखेको देख्दा खुसी लाग्छ’

0
1560

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि ‘केक टु नेपाल’ एउटा भरपर्दो तथा सजिलो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनुभएका आफन्तलाई कस्तो महसुस हुन्छ ? अष्ट्रेलिया र त्यहाँ भएका आफन्तबारे उहाँको कस्तो धारणा छ ? आदि बारेमा केक टु नेपालसंगको सहकार्यमा हिमालयन कंगारुले आफन्तसंग कुराकानी गर्दै ‘नेपालबाट संदेश’ स्तम्भ सुरु गरेको छ।

जसअन्तर्गत आज हामीले भरतपूर-१० निवासी गोविन्द प्रसाद सापकोटाजीसंग गरिएको कुराकानी समावेस गरेका छौ।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
मेरो छोरीले पठाएकी हुन् अष्ट्रेलियाबाट।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
एकदम धेरै खुशी लाग्यो। पहिलो चोटी हैन धेरै चोटी हामीले यसरी पाइसकेयौ।

छोरी अष्ट्रेलिया जानुभएको कति भयो ?
धेरै भइसक्यो नि ! ६ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
मेलबर्नमा बस्छिन्।

छोरी अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
एकदम राम्रो लाग्छ। अष्ट्रेलिया जस्तो ठाउँमा गएर छोरीले करियर बनाइराखेको देख्दा खुसी लाग्छ नि !

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
धेरै आउछ, एउटा छोरी हो। ४ जनाको परिवार हो हाम्रो। चाडपर्वमा संगै भईदिए हुन्थ्यो जस्तो हुन्छ नि।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
फर्किन त आफ्नो देशमै फर्के हुन्थ्यो जस्तो नि ! आजभोलीका केटाकेटी ! बल्ल पढाई सकियो। के गर्नेहुन् खै अब।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म २/४ ओटा देश घुमेर आएर अहिले बूढो भएर बसेको हो। अष्ट्रेलिया पनि अब अर्को वर्ष दशैँ तिर जाने र २/३ महिना घुम्ने विचार छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
त्यो चाही राम्रो लाग्दैन। २/४ वर्ष कमाउन गएर ,आफ्नै स्वदेशमा बस्ने, आफ्नै माटोमा बस्ने चाहिँ मेरो चाहना छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
चाडपर्वमा बेला बेलामा सम्झिएर सामानहरु पठाउँदा धेरै खुशी लाग्छ। जन्मदिनहरुमा हामीलाई थाहा नै नदिई सरप्राइज आउँछ। त्यसको लागि धेरै धेरै धन्यावाद भन्न चाहन्छु। उनका साथी सबैले धेरै धेरै सम्झन्छन्, अब एक चोटी चाहिँ आएर सबैसंग भेटघाट भएर जाँदा राम्रो हुन्छ भन्न चाहन्छु।