एनआरएनए अष्ट्रेलियाको मेम्बरसीप अप्रुभलमा धेरै समय किन लाग्यो ?

0
800

मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ सदस्यता लिने यसपालीको समय हिजो अर्थात् जुन २७ मा सकिएको छ। यो अवधिभर एनआरएनए अष्ट्रेलियाले १६ हजार १७८ जना सदस्य बनाउन सफल भएको छ। एनआरएनए अष्ट्रेलियाको इतिहासमा १६ हजार सदस्य नाघेको यो पहिलो पटक हो।

कुल सदस्य संख्या मध्ये आजीवन सदस्यता लिनेहरुको संख्या १ हजार ५५० रहेको छ। अन्य सदस्यमा १४ हजार ३ सय २८ जनाको दर्ता पूरा भइसकेको छ भने २१६ जनाको भेरिफाई हुन बाँकि छ । यसैबीच मेम्बरसीप अप्रुभलका लागि धेरै समय लागेकोले सदस्यता लिने प्रक्रिया झन्झटिलो भएको भन्ने समुदाय स्तरबाट प्रतिक्रिया आइरहेको छ। संस्थाका अधिकारीहरुले भने कुनै त्रुटि हुन नदिनका लागि संस्थाको विधानमा बाँधिएर काम गर्दा समय लागेको बताएका छन्।

हालको विधान अनुसार, मेम्बरसिप अप्रुभल तीन चरणमा हुन्छ। सदस्यताका लागि आवेदन आइसकेपछि शुरुमा एनसीसी कोषाध्यक्षले पेमेन्ट प्रमाणीकरण गर्छन्। दोस्रो चरणमा राज्य संयोजकहरुले कागजपत्र प्रमाणीकरण गर्छन्। र, तेस्रो चरणमा अन्तिम प्रमाणीकरण हुन्छ, जुन केन्द्रिय महासचिवले गर्छन्। अर्कोतिर, विगतमा स्टेट सचिवलाई समेत कागजपत्र प्रमाणीकरण गर्ने अधिकार थियो भने हाल एएसआइसीमा दर्ता भ पछि बोर्ड अफ डाईरेक्टरहरुले गर्नुपर्ने प्रावधान छ। यसरी हरेक आवेदकको हरेक डकुमेन्ट हेर्नुपर्ने र त्यसबीचमा प्राविधिक समस्या पनि सुल्झाउनुपर्ने अवस्था आउने हुँदा धेरै समय लागेको बताइएको छ। अधिकारीहरुका अनुसार, सबै आवेदन प्रमाणीकरण हुन अझै केही दिन लाग्न सक्ने सम्भावना छ।