
अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि ‘केक टु नेपाल’ एउटा भरपर्दो तथा सजिलो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनुभएका आफन्तलाई कस्तो महसुस हुन्छ ? अष्ट्रेलिया र त्यहाँ भएका आफन्तबारे उहाँको कस्तो धारणा छ ? आदि बारेमा केक टु नेपालसंगको सहकार्यमा हिमालयन कंगारुले आफन्तसंग कुराकानी गर्दै ‘नेपालबाट संदेश’ स्तम्भ सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौं स्थित बौद्ध निवासी सावित्री बस्नेतसंग कुराकानी गरेका छौ।
हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
मेरो दाई भाउजुले पठाइदिनु भएको हो। अष्ट्रेलियाबाट।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
उहाँहरुकै छोराछोरीको लागि पठाउनु भाको हो। रमाइलो लग्यो।
दाई भाउजु अष्ट्रेलिया जानुभएको कति भयो ?
२ बर्ष भयो।
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
मेलवर्नमा बस्नुहुन्छ।
दाई भाउजु अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
नेपालमा हुँदा यता बैंकमा काम गर्दै हुनुहुन्थ्यो। तर अहिले पनि ठिकै छ ,राम्रै लाग्छ।
चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आउछ नि ! सम्झना त भैहाल्छ नि।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
फर्किनु भए हुन्थ्यो जस्तो लाग्छ, हामी सबै परिवार संगै बसिराको हो। यहाँ पनि बैंकमा काम गरिराख्नु भएको थियो। त्यही भएर फर्किनु भए हुन्थ्यो। फर्किनु भयो भने हामीलाई राम्रो लाग्छ।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म गएको छैन।
अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
त्यस्तो विचार आउंदैन मलाई त।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
आफु गइयो भने आफ्नो नि तेही होला ताल हैन, तर आफ्नो देश छोडेर जानु त राम्रो हैन। अब यहाँको जस्तो परिस्थिति छ नि त्यो अवस्था हेर्दा, बाहिर नै राम्रो छ भनेर बसेको होलान हैन ! एक हिसाबले हेर्दा खेरि आफ्नो देश छोडर नगईदिए हुन्थ्यो जस्तो त लाग्छ, तर देशको लथालिङ्ग परिस्थिति देख्दा चाहिं ठीकै हो, आफ्नो भविष्यको लागि सोचेको हो सबै जनाले भन्ने लाग्छ ।
अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
जहाँ हुनुहुन्छ राम्रोसंग बस्नु, घर परिवार सधै तपाईहरुकै साथमा छ। घर परिवारलाई मेरो पनि घर परिवार छ भनेर सधै याद गर्नु होला भन्न चाहन्छु।