साउथ अष्ट्रेलियाद्वारा अधिकांश राज्यका लागि बोर्डर बन्द

0
292

एडलेड। साउथ अष्ट्रेलियाले अधिकांश राज्यका लागि बोर्डर बन्द गरेको छ। कोरोना संक्रमण देखिएका ठाउँहरुका लागि बोर्डर बन्द गरिएको हो।

क्विन्सल्याण्ड, वेस्टर्न अष्ट्रेलिया, नर्थन टेरिटोरी र अष्ट्रेलियन क्यापिटल टेरिटोरिका लागि साउथ अष्ट्रेलियाले बोर्डर बन्दको घोषणा गरेको छ। आइतबारको घोषणामा राज्य सरकारले यी ठाउँका लागि तुरुन्तै बोर्डर बन्द गरिने बताएको हो। त्यसैगरी, साउथ अष्ट्रेलियाले न्यू साउथ वेल्सका लागि यसअघि नै बोर्डर बन्द गरिसकेको छ। भिक्टोरियावासीले साउथ अष्ट्रेलिया आउँदा अनिवार्य कोरोना परिक्षण गर्नुपर्नेछ। तास्मानियाबाट आउनेहरुका लागि भने कुनै नियम घोषणा गरिएको छैन।

साउथ अष्ट्रेलिया सरकारले देशभरि नै कोरोना संक्रमण फेरी फैलिन थालेको देखिएकोले बोर्डर बन्द गर्नुपरेको उल्लेख गरेको छ। साथै राज्य सरकारले साउथ अष्ट्रेलियाभित्रका लागि पनि योजना बनाउंदै गरिएको जनाएको छ।