मेलबर्नमा हुने बनफायर म्युजिकल नाइटको तयारी पूरा

0
166

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा बनफायर म्युजिकल नाइट हुनेभएको छ। यात्री हाउस अफ इभेन्ट्सले उक्त कार्यक्रमको आयोजना गरेको हो।

जेन माइग्रेसन एण्ड एजुकेशनद्वारा मूख्य प्रायोजित बनफायर म्युजिकल नाइटमा नट्टु शाह र सोनामको विशेष प्रस्तुति रहनेछ। त्यसैगरी म्युजिकल नाइटलाई अझ धमाकेदार बनाउन हाइ फाइभ डान्स क्रियु, द स्कार्लेट क्विन, अमृत भारती, डिजे ज्याक, प्रकृति सापकोटा लगायत कलाकारको प्रस्तुति रहनेछ। यो म्युजिकल नाइटका लागि अष्ट्रेलियन कलेज अफ ट्रेडले सह-प्रायोजन गरेको छ।

बनफायर म्युजिकल नाइट रोयल मेलबर्न होटलमा हुनेछ। आगामी जुलाई २६ मा राती ८:३० बजेदेखि शुरु हुने यो धमाकेदार कार्यक्रममा सहभागिताका लागि टिकट बुकिङ्ग शुरु भैसकेको छ।

टिकट बुकिङ्ग गर्दा टिकट शुल्क २० डलर लाग्नेछ भने कार्यक्रमको समयमा टिकट लिंदा ३५ डलर शुल्क लाग्नेछ। विस्तृत जानकारी तथा टिकट बुकिङ्गका लागि >> https://www.yatrievents.com/shop/