‘अष्ट्रेलिया आएपछि छोराछोरी व्यस्त हुन्छन्, फोन गरेको बेला फोन उठाउन सक्दैनन् भन्ने बुझिदिनुस्’

0
969

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियामा बसोवास गरिरहनुभएका सुनिल आचार्यसंगको कुराकानी प्रस्तुत गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ? अष्ट्रेलिया कहिले आउनुभएको हो ?
काठमाडौं बागडोल हो। अष्ट्रेलिया आएको चाहिं तीन वर्ष भयो।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो ?
नेपालमा ब्याचलर सकेपछि यहाँ अकाउनटेन्ट पढ्नका लागि आएको हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
काम गर्दै, अनि पढ्दै पनि छ। डिप्लोमा सकिन लाग्यो।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा सोंचेको भन्दा त धेरै नै फरक पाएँ। तर मेहनत गर्यो भने त्यति गाह्रो छैन।

काम पाउन कत्तिको गाह्रो भयो ?
शुरुमा त काम पाउन गाह्रो नै भयो। आएको छ हप्तामा बल्ल काम पाएको थिएँ।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के-के हुन् ?
यहाँ आएपछिको सबैभन्दा राम्रो कुरा भनेको आत्मनिर्भर बनिन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
काम धेरै गर्नुपर्छ। काम गर्दा गर्दै फ़्रस्ट्रेट भइन्छ। अनि भनेको समयमा नेपाल जान पाइंदैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
प्रोग्रामहरु भैरहन्छन्। रमाइलो छ, राम्रो लाग्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
त्यस्तो केही पनि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
घरपरिवार अनि साथीहरुको धेरै याद आउँछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
ऋण समयमा नै तिर्नुपर्छ भन्ने सिकायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँदा बिहे गरेर आयौ भने सजिलो हुन्छ। अनि जे पनि गर्नसक्छु भनेर आऊ।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
छोराछोरीलाई राम्रोसंग बुझेर मात्र पठाउनुहोला। अष्ट्रेलिया आएपछि छोराछोरी धेरै व्यस्त हुन्छन्, फोन गरेको बेला फोन उठाउन पनि सक्दैनन् , यो कुरा बुझिदिनुहोला।