अष्ट्रेलियाको भिक्टोरियामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

0
150

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १६ हजार २ सय ९० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ जना र ८ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंग भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ५४ पुगेको छ।