अष्ट्रेलियाको भिक्टोरियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

0
63

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ३० हजार ८ सय ४३ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ जना र २ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा आज सक्रिय संक्रमितको संख्या ५१ रहेको छ।