अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने साउथ अष्ट्रेलियाको योजना संघीय सरकारद्वारा स्वीकृत

0
437

एडलेड। साउथ अष्ट्रेलियाले कोरोना महामारीले गर्दा उडान बन्द भएका कारण अड्किएका अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन शुरु गर्नेभएको छ। यस सम्बन्धि साउथ अष्ट्रेलियाको योजनालाई अष्ट्रेलियाको संघीय सरकारले स्वीकृत गरेको छ। जसका कारण साउथ अष्ट्रेलिया कोरोना महामारीपछि विद्यार्थी भित्र्याउने अष्ट्रेलियाको पहिलो राज्य बन्नसक्ने भएको हो ।

अष्ट्रेलिया सरकारले विद्यार्थी राख्नका लागि प्रस्ताव गरिएको फ्लाइट ट्रेनिंग एडलेड स्थित क्वारेन्टिन स्थल स्वीकृत गरेको छ। साउथ अष्ट्रेलिया सरकारका अनुसार, पहिलो ब्याचमा १६० जना विद्यार्थी ल्याइनेछ। ती विद्यार्थीहरु अनिवार्य रुपमा त्यो क्वारेन्टिनमा बस्नुपर्नेछ र नियमित रुपमा कोरोना परिक्षण गर्नुपर्नेछ। क्वारेन्टिन शुल्क शैक्षिक संस्था या विद्यार्थी आफैले तिर्नुपर्नेछ। अष्ट्रेलियन नागरिक तथा पीआर होल्डरहरुको आगमन संख्यालाई यसले प्रभाव नपर्ने बताइएको छ।

शैक्षिक संस्था, अधिकारीहरु तथा विद्यार्थीहरुले यो योजनामा सानो संख्यामा विद्यार्थीहरु भित्रिने भएपनि यसले आशा थपिदिएको बताएका छन्। विद्यार्थीहरु कहिलेदेखि कहिलेसम्म ल्याउने भन्नेबारेमा समय भने खुलाइएको छैन।