अष्ट्रेलियाको भिक्टोरियामा थपिए दुई जना नयाँ संक्रमित

0
99

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका दुई जना नयाँ संक्रमित थपिएका छन्।

शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ३५ हजार २ सय ५२ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ जना र एक जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ५४ पुगेको छ।