ठूलो परिमाणमा गाँजासहित मकवानपुरबाट तीन पक्राउ

0
92

मकवानपुर–हेटौंडाबाट प्रहरीले १ सय ४३ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कन्टेनर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ बस्ने २८ वर्षका सनकबहादुर तामाङ, सह–चालक बाह्रबिसे–८ मानेश्वमरा बस्ने बर्ष २४ का सोमे तामाङ र कन्टेनरमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका –१ गल्छराङ बस्ने वर्ष १८ का सविन तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङमा रोकिराखेको कन्टेनरलाई चेकजाँच गर्दा लुकाएर ल्याइएको १ सय ४३ किलो ३ सय ग्राम गाँजा फेला परेको थियो । अहिले यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।