अष्ट्रेलियाको भिक्टोरियामा थपिए ८ नयाँ संक्रमित

0
100

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका आठ जना नयाँ संक्रमित थपिएका छन्।

बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १७ हजार ५ सय ३८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमधे समुदाय स्तरमा ५ जना र ३ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ५५ पुगेको छ।