अष्ट्रेलियाको भिक्टोरियामा आज समुदाय स्तरमा शुन्य नयाँ संक्रमित

0
55

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १७ हजार ६ सय ४ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये एक जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। समुदाय स्तरमा भने आज नयाँ संक्रमितको संख्या शुन्य रहेको छ। त्यसैगरी, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या ७५ रहेको छ।