निषेधाज्ञा तत्काल खुकुलो बनाउने अवस्था छैन् : स्वास्थ्य मन्त्रालय

0
77

काठमाडौं, जेठ २७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले हाल जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको जनाएको छ ।सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न डेढ महिनादेखि लगाईरहेको निषेधाज्ञा केही सहज गराउदै लैजाने विषयमा छलफल भईरहेको बेला स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा सहज बनाउने बेला भईनसकेको जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन हुदैन भन्ने मन्त्रालयको धारणा रहेको बताउनुभयो । गृह मन्त्रालय सम्वद्ध अधिकारीहरुले भने संक्रमण दर कम भइरहेको भन्दै निषेधाज्ञालाई केही खुकुलो बनाउने विषयमा छलफल थालेका छन् ।