अष्ट्रेलियाको भिक्टोरियामा थपिए ४ नयाँ संक्रमित, सक्रिय संक्रमित भने घट्दै

0
37

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २३ हजार ६ सय ७९ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरका ४ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, सक्रिय संक्रमित भने निको हुके क्रममा छन्। सक्रिय संक्रमितको संख्या हिजो ८३ रहेको थियो भने आज ७८ रहेको छ।