अष्ट्रेलियाको भिक्टोरियामा आज समुदाय स्तरमा एक जनामा कोरोना संक्रमण पुष्टि

0
41

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २८ हजार ४ सय ८५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा एक जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या ८३ रहेको छ।