अष्ट्रेलियाको भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ९२ पुग्यो !

0
63

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज कोरोना भाइरसका तीन नयाँ संक्रमित थपिएका छन्।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २२ हजार ८ सय १४ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा दुई जना र १ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ९२ पुगेको छ।