अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीको फराकिलो जित

0
40

एजेन्सी । जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले हराएको हो ।जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय गोल गरे ।

युरो कपको तयारीस्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकालेको हो ।पहिलो हाफमा जर्मनीले रोविन गोसेन्स, म्यान्चेष्टर सिटीका इल्के गुन्डोगन, मुलर, सर्ज ग्याब्री र एक आत्मघाति गोल भएको थियो ।

चेल्सीका फरवार्ड टिमो वार्नर र लिरो सानेले दुई गोल थपेपछि जर्मनीले प्रभावशाली जित निकाल्न सफल भयो ।कप्तान म्यानुअल नेउर सय क्याप पुरा गर्ने पहिलो जर्मन गोलकिपर बने ।युरोकपसँगै प्रशिक्षक जोचिम लेउले टिम छाड्ने घोषणा गरिसकेका छन् ।

गत बुधबार भएको खेलमा जर्मनीले डेनमार्कसँग १–१ गोलको बराबरी खेलेको थियो ।हिजोको खेलमा लेउले टिममा चार परिवर्तन गरेका थिए ।जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससँग खेल्नेछ । समूह एफमा रहेको जर्मनीसँगै पोर्चुगल र हंगेरीसमेत छन् ।