अष्ट्रेलियाको भिक्टोरियामा समुदाय स्तरमा थपिए ११ नयाँ संक्रमित

0
43

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ११ जना नयाँ संक्रमित थपिएका छन् ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २४ हजार २ सय ६५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा ११ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ।