मेलबर्नको रोयल वेस्टर्न क्लबद्वारा खेलाडीलाई आर्थिक सहयोग हस्तान्तरण

0
271

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा संचालित रोयल वेस्टर्न क्लबले फुटबल खेलाडी अरुण केसीलाई आर्थिक सहयोग प्रदान गरेको छ। क्लबका पदाधिकारी लगायत सदस्यहरुबाट उठेको १४०० डलर एक समारोह बीच हस्तान्तरण गरिएको हो।

खेलाडी अरुण केसी गत अप्रिलमा अष्ट्रेलियाको एडलेडमा आयोजित गिरिस कप प्रतियोगितामा भएको खेलका दौरान घाइते हुनुभएको थियो। उहाँलाई खुट्टामा चोट लागेको थियो। जसका कारण केहि हप्ता आराम गर्नुपर्ने भयो। उक्त अबधिभर नियमित काम गर्न नसक्ने हुँदा थोरै भए पनि केसीको आर्थिक भार कम गर्न सकियोस भन्ने उद्देश्यले क्लबको तर्फबाट सहयोग गरेको क्लबका म्यानेजर दिपेन्द्र खड्काले जानकारी दिनुभएको छ।

रकम हस्तान्तरण गर्दै क्लबका उपाध्यक्ष रोशन दाहालले उहाँलाई सिघ्र स्वास्थ लाभको कामना गर्नुभएको छ। साथै उहाँले क्लबले आफ्ना खेलाडीहरुलाई समस्यामा परेको बेलामा विभिन्न तरिकाबाट आवश्यक सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि यस क्रमलाई जारि राख्ने बताउनुभएको छ।

उपाध्यक्ष दाहालले दुई बर्ष अगाडी क्लबका अर्का खेलाडी रुजन श्रेष्ठलाइ खेल खेल्ने दौरानमा घाइते हुँदा आर्थिक सहयोग गरेको उल्लेख गर्दै आफ्ना खेलाडीहरुलाई आइपर्ने समस्याहरुलाई निराकरण गर्न क्लब सधै तत्पर रहेको बताउनुभयो।

कोषाध्यक्ष ससेंद्र गौतमले मेलबर्नको वेस्टमा रहेको यस क्लबले हरेक आइतबार फिजीकल फिटनेस प्रशिक्षण, हरेक बुधबार किड्स फूटबल प्रशिक्षण लगायत नियमित रुपमा रक्तदान कार्यक्र्म गर्दै आएको र आगामी दिनहरुमा पनि अन्य खेलकुद लगायत सामाजिक गतिबिधिका कार्यक्रमहरु संचालनमा आउने बताउनुभएको छ।