अष्ट्रेलियाको भिक्टोरियामा सक्रिय संक्रमितको संख्या १३ पुग्यो

0
143

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा चार जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १४ हजार ८ सय ९२ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये चार जनामा संक्रमण पुष्टि भएको हो। ती चार जना हिजो सार्वजनिक भएका समुदाय स्तरका संक्रमित हुन्। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या आज १३ पुगेको छ।