नेपालमा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि, १८५ जनाको मृत्यु

0
93

पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।