अष्ट्रेलियाको मेलबर्नमा समुदाय स्तरमा चार जनामा देखियो कोरोना संक्रमण

0
147

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा समुदाय स्तरमा फेरी कोरोना संक्रमण देखिएको छ। लगातार ८६ दिन पछि भिक्टोरियामा फेरी समुदाय स्तरमा संक्रमण देखिएको हो।

मेलबर्नको नर्थन सबर्बमा दुई जना संक्रमण पुष्टि भएपछि उनीहरुमा सम्पर्कमा आएकाहरुको परिक्षण गर्दा थप दुई जनामा संक्रमण पुष्टि भएको हो। चारै जना एकै परिवारका रहेको बताइएको छ।