मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

0
110

७ जेठ,काठमाडौँ

नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दाबी पेश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकको सूचना मन्त्रीहरुलाई पठाइएको  हो । नयाँ सरकार गठनका लागि दाबी पेश गरेका प्रधानमन्त्रीले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बिहीबार नियमित बैठक भए पनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइएको एक मन्त्रीले बताए ।