‘भ्वाइस अफ नेपाल’ स्थगित

0
139

काठमाडौं । कोरोनाभाइरस महामारीको कारण गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रशारण नहुने जनाएको हो।

विज्ञप्तीमा उल्लेख छ- कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं। यो साता कुनै पनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्‍यौं।

परिस्थिति अनुकूल भए अर्को सातादेखि सो नियमित हुने आयोजकले जानकारी दिएको छ।