नेपालमा कोरोनाभाइरसबाट शुक्रबार थप १७७ जनाको मृत्यु

0
99

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या शुक्रबार ६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १७७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६ हजार २४ पुगेको हो । 

यस्तै देशभर कोरोनाको सक्रिय संक्रमित पनि बढ्दै क्रम जारी छ । आजसम्म १ लाख १६ हजार १९२ सक्रिय संक्रमित पुगेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा मात्रै नेपालमा  ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।