ग्लोबल मार्कद्वारा विद्यार्थीका लागि नि:शुल्क जब इन्फो सेमिनारको आयोजना

0
205

मेलबर्न। ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजले विशेषगरी अष्ट्रेलियाको रिजनल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि तास्मानियाबाट सेवा दिंदै आएको छ। विद्यार्थीहरुमाझ विश्वासिलो तथा सहयोगी कन्सल्टेन्सीको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ग्लोबल मार्कले विद्यार्थीहरुका लागि जब इन्फो सेमिनारको आयोजना गर्ने भएको हो।

सेमिनारका बारेमा जानकारी दिंदै ग्लोबल मार्कका निर्देशक प्रदिप पोखरेल भन्नुहुन्छ,” पछिल्लो समय रिजनल क्षेत्रप्रति विद्यार्थीको आकर्षण बढेको छ। जसका कारण तास्मानियामा पनि विद्यार्थीहरुको संख्या बढेको छ। अन्य ठाउँबाट यता आउँदा विद्यार्थीसंग कामका लागि पर्याप्त जानकारी नहुन सक्छ। सोही हिसाबले विद्यार्थीलाई यहाँ रोजगारी प्राप्त गरी स्थापित हुन मद्दत पुगोस् भन्ने उद्देश्यले यो सेमिनारको आयोजना गरेका हौँ। नि:शुल्क सेमिनार भएका कारण इच्छुक विद्यार्थीहरु सेमिनारमा सहभागी हुन सक्नुहुनेछ “। सहभागी हुन चाहने विद्यार्थीले इमेल तथा फोन सम्पर्क मार्फत आफ्नो सिट सुरक्षित गर्न सक्ने निर्देशक पोखरेलले जानकारी दिनुभयो।

सेमिनारमा मुख्य वक्ताका रुपमा रोजगार परामर्शदाता निका रहनुहुनेछ। सेमिनार आगामी आइतबार २३ मेमा १० बजेदेखि ११ बजेसम्म हुनेछ। https://www.facebook.com/watch/?v=380914606531220