मन्त्रीहरूमा पुरानै अनुहार, साविककै मन्त्रालयको जिम्मेवारी

0
94

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीको रूपमा सपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।

ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिए। मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन्। साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।