अष्ट्रेलियामा केमिकल इञ्जिनियरिङ्गको पढाइ : कोर्स प्रकार र लाग्ने शुल्क

0
643

मेलबर्न । अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीको लागि केमिकल इञ्जिनियरिङ्ग विषय राम्रो करियरको अवसर भएको विषय हो ।

केमिकल इन्जिनियरिंग अन्तर्गत ब्याचलर अफ केमिकल इञ्जिनियरिङ्ग, ब्याचलर ओफ केमिकल इन्जिनियरिंग एण्ड आर्ट्स, ब्याचलर अफ केमिकल इन्जिनियरिंग विद ब्याचलर अफ साइन्स, ग्राजुएट डिप्लोमा इन केमिकल इञ्जिनियरिङ्ग, मास्टर अफ केमिकल इञ्जिनियरिङ्ग, मास्टर अफ पेट्रोलियम इञ्जिनियरिङ्ग, पीएचडी इन केमिकल इञ्जिनियरिङ्ग, ब्याचलर अफ केमिकल एण्ड बायोलोजिकल इञ्जिनियरिङ्ग, मास्टर अफ इञ्जिनियरिङ्ग ( केमिकल विद बिजनेस ) लगायतका कोर्स उपलब्ध हुन्छन् ।

केमिकल इञ्जिनियरिङ्गमा ब्याचलर तहको कोर्स ४ देखि ५ वर्षसम्म, ग्राजुएट डिप्लोमा १ वर्षको , मास्टर्स तहमा २ वर्ष सम्मको हुन्छ । केमिकल इञ्जिनियरिङ्ग पढ्नको लागि वार्षिक शुल्क औसतमा ३० हजार डलरदेखि ५० हजार डलरसम्म लाग्छ । अधिकांश युनिभर्सिटीमा ४२ हजार देखि ४५ हजार डलर तोकिएको छ । युनिभर्सिटी, पढ्ने शैक्षिक सत्र र विषय अनुसार शुल्क फरक -फरक हुन्छ ।

केमिकल इञ्जिनियरिङ्ग पढाइ हुने युनिभर्सिटीहरु :
द युनिभर्सिटी अफ सिड्नी
युनिभर्सिटी अफ अडेलेड
द युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया
कर्टन युनिभर्सिटी
एदिथ क्वान युनिभर्सिटी
द युनिभर्सिटी अफ क्विन्सल्याण्ड
द युनिभर्सिटी अफ न्यु साउथ व्ह्लेस
आरएमआइटि युनिभर्सिटी
युनिभर्सिटी अफ मेलबर्न
मोनाश युनिभर्सिटी
युनिभर्सिटी अफ न्यु क्यासल