नेपालमा ९ हजार ३०५ जना संक्रमित थपिए, १६८ को मृत्यु

0
444

काठमाडौं । नेपालमा कोरोना महामारीको महासंकटका बीच अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्न थालेको छ । अक्सिजन नपाउंदा कति विरामी छटपटाइ रहेका छन् । अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर पुगेको छ ।

सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भएपनि नौ वटा अक्सिजन प्लान्टले सात हजार २०० सिलिण्डर उत्पादन गरिरहेका छन् ।अहिले कोरोनाको दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइफ्लो अक्सिजन चाहिएको छ ।

एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको चिकित्सकहरु बताउंछन् ।यसलै पनि वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सकेमात्र अहिलेको आवश्यकता पूरा गर्न सकिने बताइएको छ ।

उत्पादन बढाउन सरकारले तुरुन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालनको तयारी गरेको जनाएको छ ।उपत्यकामा अभाव कम गर्न पोखरा, चितवन र वाराबाट अक्सिजन ल्याइएको बताइएको छ ।

लिक्विड अक्सिजन प्लान्टहरु अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा सञ्चालनमा छन् ।सिसिएमसीले अस्पतालका बिरामीलाई अक्सिजन पु¥याउन आवश्यकताका आधारमा न्यूनतम कोटा निर्धारण गरेको छ ।

अक्सिजन उत्पादक संघले भने तत्काल बैकल्पिक उपायबाट अक्सिजनको आपुर्ति सहज बनाउन भनिसकेको छ ।अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यवहारिक नभएको भन्दै संघले दीर्घरोगी र घरमै उपचार गराईरहेका संक्रमितका लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ । उनीहरुका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाब धान्न नसक्ने संघले जनाएको छ ।.