‘सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !’

0
628

सरकार !

तेरो पानीजहाज लैजा

चुच्चे रेल लैजा  

तेरो स्मार्ट–सिटी लैजा

समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा

पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा

मेरा बाको औंठी लैजा, घडी लैजा

मेरी आमाको तिलहरी लैजा

सरकार !

यी सबैको बदलामा तैंले

मलाई एक सिलिन्डर अक्सिजन दे !

यो कविता कवि अर्जुन पराजुलीको फेसबुकबाट साभार गरिएको हो ।