अष्ट्रेलियाबाट आमालाई संदेश: मेरो कारणले हजुर दुखी हुनुपर्ने दिन आउन दिनेछैन

0
196

विदेशमा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको क्यानबेरामा रहनुभएकी सरिना सिग्देलजीसंग गरिएको कुराकानी समावेस गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
कावासोती, डण्डा नवलपुरमा पर्छ।

अष्ट्रेलिया कहिले आउनुभएको हो? हाल के गर्दै हुनुहुन्छ ?
तीन वर्ष भयो। नर्सिङ्ग पढ्दैछु। अनि नर्सिङ्ग होममा काम पनि गर्छु।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
यसरी टाढा बस्दा त धेरै याद आउँछ। एकदमै धेरै याद आउँछ।

आमाको के कुरा बढी सम्झना आउँछ?
आमाले बनाएको खाना, आमाले गर्ने केयर, आमासंग बिताएका क्षण सबै सम्झना आउँछ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
मलाई त आमाले पकाएको सबै खानेकुरा एकदमै मन पर्छ। सबै मिस गर्छु।

हजुरको आमाको नाम के हो ?
शान्ति सिग्देल हो।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
आमालाई मेरो कारणले कहिल्यै पनि दुखी हुन नपरोस्। आमालाई सधै खुसी देख्न पाउँ।

आमाका लागि के संदेश दिन चाहनुहुन्छ ?
चांडै भेट्न आउनेछु। धेरै मिस गरेकी छु हजुरलाई।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
दु:ख पनि छ, अवसर पनि छ। आफूलाई मानसिक रुपमा तयार पारेर आउनुहोला।