अष्ट्रेलियाबाट आमाको मुख हेर्ने दिनमा संदेश: आमा हजुरका सपना सबै पूरा गर्नेछु

0
183

विदेशमा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको सिड्नीमा रहनुभएकी विपना केसीजीसंग गरिएको कुराकानी समावेस गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
माइती बाग्लुङ्ग हो । बिहे गरेर गएको घर चाहिं पोखरा।

अष्ट्रेलिया कहिले आउनुभएको हो?

श्रीमानसंग डिपेनडेन्ट भिसामा आएकी हूँ। तीन वर्ष भयो।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
टाढा भएपछि त धेरै याद आउँछ नि !

आमाको के कुरा बढी सम्झना आउँछ?
आमाले गर्ने केयर, माया, आमासंग बिताएका पल, सबै याद आउँछ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
नेपालमा हुँदा धेरै खाने भनेको दाल, भात तरकारी हो। आमाको हातले बनाएको जस्तो आफूले बनाएको हुँदैन। आमाले बनाएको दाल भात तरकारी मिस गर्छु।

हजुरको आमाको नाम के हो ?
गौरी केसी हो ।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
गर्नु त धेरै छ। आमाका सबै सपना पूरा गर्नेछु। विस्तारै सबै पूरा हुन्छन् भन्ने आशा छ।

आमाका लागि के संदेश दिन चाहनुहुन्छ ?
धेरै धेरै माया अनि धेरै धेरै सम्झना।

अन्त्यमा, जापान आउन चाहनेलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
त्यहाँ सोंचेजस्तो सजिलो हुन्न। राम्रोसंग बुझेर मात्र आउनुहोला