‘आमाले जस्तोसुकै अप्ठ्यारो कुरालाई पनि सामान्य रुपले लिनुहुन्छ, कस्तो अचम्मको खुबी’

0
174

विदेशमा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले जापानमा रहनुभएकी युनिता खत्रीजीसंग गरिएको कुराकानी समावेस गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
सिरुटार, भक्तपुर हो ।

जापान कहिले आउनुभएको हो? के गर्दै हुनुहुन्छ ?
२०१५ मा आएकी हूँ। अब के भनूँ र, स्यालरी म्यान हूँ। एउटा कम्पनीमा काम गर्छु।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
विदेशमा बसेपछि त जसलाई पनि याद आउँछ नि आमा र परिवारको। एक वर्ष अगाडी गएर आएकी हूँ। न्यास्रो लाग्न थालिसक्यो।

आमाको के कुरा बढी सम्झना आउँछ?
आमाको बानी हो कि, खुबी हो, जस्तोसुकै कुरालाई पनि सजिलो लिनुहुन्छ। कुनै पनि समयमा नआत्ती गर्नुहुन्छ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
आमाले खसीको मासु एकदमै मीठो बनाउनुहुन्छ। आमाले पकाएको खसीको मासु मिस गर्छु।

हजुरको आमाको नाम के हो ?
इन्दिरा खत्री हो ।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
गर्न मन लागेका त धेरै कुरा छन्। आमाको मुहारमा सधै खुसी देख्न सकूँ भन्ने लाग्छ।

आमाका लागि के संदेश दिन चाहनुहुन्छ ?
सधै छोराछोरीको चिन्ता कति लिनुहुन्छ। अब आफ्नो खुसी हेरेर बाँच्नुस्। हाम्रो चिन्ता नलिनुस्। अनि हामी तपाईंलाई धेरै माया गर्छौं।

अन्त्यमा, जापान आउन चाहनेलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
राम्रोसंग बुझेर, भाषा सिकेर मात्र आउनुस्। कमाई त हुन्छ, तर निकै गाह्रो छ।