राजीनामा दिएर आजै पुनः प्रधानमन्त्री नियुक्त हुने ओलीको तयारी

0
109

काठमाडौं,२७ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नै प्रधानमन्त्री पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गरेका छन्।

प्रधानमन्त्री ओली निकट एक उच्च नेताका अनुसार संभवतः ओलीले आज ११–१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन्।

प्रतिनिधि सभाबाट आज विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले संसदको सामना नगरी राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त हुने सहज बाटो रोज्ने योजना बनाएको ती नेताले बताए।

‘पार्टीभित्रको किचलो र संसदमा बुहमत जुटाउन नसक्दा विश्वासको मत नपाउने स्पष्ट नै भयो’, ती नेताले भने, ‘तसर्थ संसदमा अल्पमतमा परेपछि फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिले नै राजीनामा दिएर नियुक्त हुँदा सहज हुन्छ भन्ने निष्कर्षमा यस्तो येजना बनेको हो।’

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले आज ११–१२ बजेसम्म शीतल निवास गएर राष्ट्रपति भण्डारी समक्ष राजीनामा बुझाउने छन्। र, राष्ट्रपति भ०डारीले तत्कालै संसदको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तय भएको छ।