नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि, ८८ जनाको मृत्यु

0
74

पछिल्लो २४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या समेत जाेड्दा मृत्यु हुनेको संख्या ८८ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गाैतमले बताए। यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।

काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् ।