‘अष्ट्रेलियामा आमाबिना एक्लो महसुस भएको छ, घरमा आमा र म साथी जस्तै थियौं’

0
207

विदेशमा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको मेलबर्नमा रहनुभएकी सपना छन्त्यालजीसंग गरिएको कुराकानी समावेस गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
गोलढुंगामा हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ? के गर्दै हुनुहुन्छ ?
साढे तीन वर्ष भयो। म नर्स हूँ।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
आउँछ नि ! एकदमै धेरै आउँछ। टाढा भइन्छ, न्यास्रो लाग्छ।

आमाको के कुरा बढी सम्झना आउँछ?
ममीको सबैकुरा याद आउँछ। घरमा हुँदा त ममी र म साथी जस्तै थियौं। धेरैजसो संगै हुन्थ्यौं। अहिले त यति धेरै टाढा बस्नुपरेको छ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
ममीले सबै खानेकुरा मीठो बनाउनुहुन्छ। सबै खानेकुरा मिस गर्छु म त।

हजुरको आमाको नाम के हो ?
माया छन्त्याल ।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
सके त सबै गर्नपाए हुन्थ्यो। ममीलाई सधै खुसी दिन पाउँ भन्ने लाग्छ।

आमाका लागि के संदेश दिन चाहनुहुन्छ ?
यति धेरै सपोर्टको लागि धेरै धेरै धन्यवाद। मिस गरिरहेकी छु। धेरै धेरै माया।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
शारीरिक मात्र होइन, मानसिक रुपमा पनि परिपक्क भएर आउनुस्। आफू आउन लागेको ठाउँबारे राम्रोसंग बुझेर मात्र आउनुस्।