अष्ट्रेलियाको भिक्टोरियामा थप ६ अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण पुष्टि

0
99

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १३ हजार २ सय ३० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ६ अन्तरराष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या २२ पुगेको छ।