एनआरएनए अष्ट्रेलियाले नेपालका लागि शुरु गर्‍यो सहयोग अभियान, सहयोगमा जुट्न सबैलाई आग्रह

0
305

मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालका लागि सहयोग अभियान शुरु गरेको छ। नेपालमा कोरोना महामारीको दोस्रो लहर चलिरहेको जटिल अवस्थामा एनआरएनए अष्ट्रेलियाले अष्ट्रेलियामा रहेका समग्र नेपाली संघसंस्थाहरुसंगको सहकार्यमा सहयोग अभियान शुरु गरेको हो।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल भन्नुहुन्छ, ” नेपालमा अहिले कोरोना संक्रमण तीव्र गतीमा फैलिएको छ। बिरामीहरुले भेन्टिलेटर,, अक्सिजन यहाँसम्म कि अस्पतालको बेड समेत नपाएका खबरहरु आइरहेका छन्। यस्तो अवस्थामा हामीले हाम्रो जन्मभूमीप्रतिको कर्तव्यलाई बिर्सिन सक्दैनौं। हामीले जम्मा रकमबाट अक्सिजन सिलिन्डर खरिद गरेर सरकारी तथा सामुदायिक अस्पतालहरुमा वितरण गर्ने योजना बनाएका छौं। यसका लागि अष्ट्रेलियामा रहने सम्पूर्णलाई सहयोग अभियान जुटिदिनुहुन आग्रह गर्छौं। हाम्रो सानो सहयोगले पनि हाम्रा दाजुभाई, दिदीबहिनी, आमाबुवाको जीवन बचाउन मद्दत पुग्नेछ “।

एनआरएनए अष्ट्रेलियाले १ लाख १० हजार डलर जम्मा गर्ने उद्देश्य सहित गोफन्डमीमा खाता शुरु गरेको छ। जस मार्फत अभियानमा सहयोग गर्न सकिन्छ। त्यसैगरी, एनआरएन अष्ट्रेलियाको च्यारिटी अकाउन्ट BSB: 032-078 Account: 629083 मार्फत पनि सहयोग गर्न सकिन्छ। गोफन्डमी लिंक >> https://www.gofundme.com/f/nepal-covid19-appea