अष्ट्रेलियन ट्याक्स अफिसको नक्कली इमेल मार्फत ठगी, सचेत हुन आग्रह

0
113

मेलबर्न। अष्ट्रेलियन ट्याक्स अफिसको नक्कली इमेल मार्फत ठगी धन्दा फैलिएको छ। एक गिरोहले myGov नामक नक्कली पेज खोली मान्छेहरुको पासपोर्ट र ड्राइभर लाइसेन्स विवरण लगायतका व्यक्तिगत विवरण चोरी गर्ने गरेको हो।

इमेलमा safe link भनी एउटा लिंक क्लिक गर्न लगाइन्छ। उक्त लिंक क्लिक गरेपछि व्यक्ति myGov नामक नक्कली पेजमा पुग्छ। र, त्यहाँबाट लग इन गर्न लगाई व्यक्तिगत विवरण चोरी गर्छ।

अष्ट्रेलियन ट्याक्स अफिसका अनुसार, अष्ट्रेलियन ट्याक्स अफिसका आधिकारिक म्यासेजहरु myGov इनबक्समा पठाउने गरिन्छ। र, त्यसमा लग इन गर्नुपर्ने कुनै पनि लिंक पठाइएको हुँदैन। त्यसैले त्यस्ता इमेललाई चिनेर ठगी हुनबाट बच्न ट्याक्स अफिसले सबैलाई आग्रह गरेको छ।