अष्ट्रेलियाबाट आमाको मुख हेर्ने दिनका लागि सजिलै नेपाल पठाउन सकिन्छ केक तथा उपहार

0
457

मेलबर्न। विदेशमा रहँदा सामान्यतया: सबैका लागि सबैभन्दा सम्झना आउने आमाको मुहार हो भने सबैभन्दा न्यास्रो लाग्ने पनि आमाकै माया हो। आमा को मुख हेर्ने दिन नजिकिदै गर्दा त्यो सम्झना र न्यास्रो अझै बढ्ने गर्छ। यही कुरालाई महसुस गरेर विदेशमा रहेका नेपालीहरुका लागि आमासंगको दूरी केही हदसम्म भएपनि घटाउनको लागि ‘Cake to Nepal’ ले एउटा माध्यम बन्ने प्रयास गरेको छ।

केक टु नेपालबाट अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया लगायत देशमा रहेका नेपालीहरुले नेपालमा रहनुभएकी आफ्नी आमालाई केक तथा उपहार पठाउन सक्छन्। पेमेन्टका लागि पनि सजिलो र राम्रो ग्राहक सेवाले गर्दा केक टु नेपालले पछिल्लो समय विदेशमा रहेका नेपालीहरुको मन जितेको छ। केक टु नेपालले नेपालका मुख्य सहरहरुमा होम डेलिभरी समेत गर्दै आएको छ। र, ग्राहकको चाहना बमोजिम, सरप्राइजको व्यवस्था, पहिल्यै बुकिङ्ग, उसै दिन डेलिभरी समेत दिंदै आएको छ।

यसपाली आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी वैशाख २८ (मे ११) मा परेको छ। नेपालमा कोरोना महामारीका कारण हाल निषेधाज्ञा चलिरहेको छ। तरपनि विदेशमा रहनुभएका नेपालीहरुको भावनालाई बुझ्दै केक टु नेपालले स्वास्थ्य मापदण्डको पालना गर्दै आफ्नो सेवालाई निरन्तरता दिएको छ। सेवाका लागि फेसबुक, भाइबर, वेबसाइट मार्फत केक टु नेपालमा सम्पर्क गर्न सकिन्छ। केक टु नेपालको फेसबुक पेज >> https://www.facebook.com/cake2nepal