अष्ट्रेलियाको भिक्टोरियामा थपिए एक नयाँ संक्रमित

0
88

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १८ हजार ५ सय १७ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये एक जना अन्तराष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या आज १६ रहेको छ।