बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

0
114

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । न्यूरो अस्पतालमा उपचारको क्रममा बिहीबार उनको निधन भएको हो । 

वि सं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो।

घुम्तीमा नआउ है, नमान लाज यस्तरी, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ भेटूँजस्ता लोकप्रिय गीतमा स्वर दिएका गायक प्रधान ‘गोल्डेन भ्वाइस अफ नेपाल’ भनेर चिनिन्छन्।