‘अष्ट्रेलिया आएदेखि नेपाल जान पाएकी छैन, आमाको यादले आत्तिसकें’

0
260

विदेशमा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको क्यानबेरामा रहनुभएकी अर्चना भट्टराईजीसंग गरिएको कुराकानी समावेस गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर दाङ हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
२०१६ मा आएकी हूँ। स्टुडेन्ट भिसामा।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
अहिले पढ्दैछु। कम्युनिटी सर्भिस विषयको विद्यार्थी हूँ।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
२०१६ मा हो अष्ट्रेलिया आएको। त्यसपछि नेपाल जान पाएकी छैन। कत्ति आउँछ, कत्ति नि याद। आत्तिसकेकी छु। कहिले भेट्न पाउँला जस्तो भएको छ। घरमा पनि उहाँहरु आत्तिनुभएको छ। अब चांडै भेट्न आउंछु हजुरहरुलाई।

आमाको के कुरा बढी सम्झना आउँछ?
घरमा हुँदा ममीले केही गर्न दिनुहुन्नथ्यो। यहाँ सबै आफैले गर्नुपर्छ। ममीले गर्ने केयर, माया सबै याद आउँछ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
मेरो ममीले पकाउने काउलीको तरकारी धेरै मिस गर्छु। ममीले काउलीको तरकारी एकदमै मीठो बनाउनुहुन्छ।

हजुरको आमाको नाम के हो ?
कमला पोखरेल।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
ममीका लागि अहिलेसम्म केही गर्न पाएकी छैन। मप्रति देख्नुभएको सबै सपना पूरा गर्न सकूँ भन्ने लाग्छ। उहाँलाई सधै खुसी देख्ने मन छ।

आमाका लागि के संदेश दिन चाहनुहुन्छ ?
म हजुरलाई धेरै माया गर्छु। अब चांडै भेट्न आउनेछु। आफ्नो स्वास्थ्यको ख्याल राख्नुस। धेरै चिन्ता नलिनुहोला। खुसी भएर बस्नुस्।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
साथीहरुको लहैलहैमा लागेर नआउनुस्। यहाँ आएपछि परिस्थिति अनुसार जस्तोसुकै काम पनि गर्नुपर्छ। धेरै संघर्ष गर्नुपर्छ। त्यसैले कति त् डिप्रेसनमा पनि जान्छन। आफू मानसिक रुपमा बलियो बनेर मात्र आउनुस्।